अब आफ्नो लागि आफै मोबाइल बनाउन सकिने

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ८:५८ मा प्रकाशित

काठमाण्डु– गुगलको कम्पनी मोटोरोलाले एक यस्तो परियोजना सुरु गर्ने घोषणा गरेको छ, जुन परियोजनाले उपभोक्ता आफैले आफूलाई मन पर्ने हिसाबको स्मार्टफोन बनाउनका लागि स्वतन्त्रता दिनेछ ।

‘ऐरा’ नाम दिइएको सो परियोजना अन्तर्गत उपभोक्ताले एक मोबाइल फोन किनेपछि आफूलाई मन पर्ने र आवश्यक परेको जस्तो ब्याटरी, स्क्रिन, किबोर्ड । अन्य सेन्सर जोड्न सकिनेछ । मोटोरोलाको यस योजनाका लागि डिजाइनर डेव हेकेन्सले ‘फोनब्लक’का रचना गरेका छन् । कम्पनीको पहिलो मोड्युलर फोनको निर्माण गर्ने परिकल्पना थियो ।

यस योजना पश्चात मोड्युलर फोन उद्योगमा क्रान्तिकारी परिवर्तन हुन्छ भनेर विशेषज्ञहरुका भने एक मत छैन । मोटोरोलाले यस परियोजनाका लागि एक वर्षअघि देखि काम गरिरहेको बताएको छ ।

motorola

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us