मजदुरको शहरमा एक्ला मजदुर उम्मेदवार

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ९:४३ मा प्रकाशित

DSC_5807मजदुरहरुको शहर बन्दै गएको काठमाण्डु उपत्यका १५ वटा निर्वाचन क्षेत्रमा एक जना मात्र त्यस्ता पात्र छन्, जो साँच्चै मजदुर नेता हुन् । अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव गणेश रेग्मीलाई एकीकृत माओवादीले काठमाण्डु निर्वाचन क्षेत्र नम्बर ३ मा संबिधानसभा सदस्यका लागि उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । आशा र उत्साहका साथ निर्वाचन प्रचार प्रसार अभियानमा जुटिरहेका रेग्मी नेपाली काँग्रेसका पूर्व सभासद चक्र ठकुरीसँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेको विद्या भण्डारी र नेपाली कांग्रेसका चक्रवहादरु ठकुरीलाई सभासद बनाएर पठाएका त्यस क्षेत्रका मतदाताले यसपटक जनतासित प्रत्यक्षरुपमा भिजेका जनताका सुखदुखमा संधै एकाकार हुँदै आएका रेग्मीलाई आफनो प्रतिनिधि बनाउने अवसर पाएका छन् । ठकुरी प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म र पहिलो संबिधानसभा सदस्य भइसकेका व्यक्ति हुन भने एमालेका उम्मेदवार रामेश्वर फुयाँल जिल्ला बिकास समितिका पूर्व उपसभापति हुन । ‘यस क्षेत्रका मतदाताले नयाँ व्यक्ति खोजेका छन । हाम्रो पक्षमा माहोल पनि बनेको छ,हामी जित्छौ’रेग्मीले काठमाण्डु टुडेसँग भने‘घरदैलो र युवा मार्चसम्मका कार्यक्रमले हामीलाई उत्साहित बनाएको छ ।’

DSC_5794नेपाली मजदुर आन्दोलनमा लाग्नु अघि २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न थिए रेग्मी । पाकिस्तानको प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई सैनिक तानाशाह जिउल हकले फाँसी दिएपछि नेपालमा भड्केको पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा रेग्मी सहभागी थिए । त्यतिवेला गार्मेन्ट क्षेत्रका मजदुरको अगुवाई गर्दै रेग्मी सडकमा उत्रिएका थिए । जतिखेर नेपालको गार्मेन्ट उद्योग बंगलादेशको भन्दा निकै ठूलो थियो र लाखौं मजदुर त्यस क्षेत्रमा काम गर्थे । नेपाली मजदुर र सर्वहारा वर्गको मुक्तिका लागि चिन्तन गरिरहने रेग्मी एमालेको मजदुर संगठन जिफन्टबाट बिद्रोह गरी अखिल नेपाल ट्रेड युनियन महासघमा आबद्ध भएका हुन् ।

महाकाली सन्धीको बिपक्षमा वामदेव गौतमले लिएको अडानमा प्रभावित रेग्मी गौतम पुन एमालेमा फर्कने अवस्थामा पुगेपछि विद्रोह गरी नेतृत्व गरेको नेकपा मालेमा सामेल भएका हुन् । गौतमसँग एमालेमा फर्कन अस्वीकार गर्न नेता कार्यकर्ता मध्येका एक रेग्मी तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएका थिए । हण्डर, दुख, कष्ट र वैरीहरुको यातना बेहोर्दै आएका आँखा जँचाउने क्रममा न्युरोड गेट नजिकैबाट गिरफतार भए । २०६१ मंसिर २७ गते गिरफ्तार भई तीन महिना सैनिक हिरासतमा बिताएका रेग्मीले १५ महिना ललितपुरको नख्खु जेलमा बन्दी जीवन बिताएका थिए । जनयुद्ध र जनआन्दोलनको संयोजनपछिको क्रान्तिक्रारी परिवर्तनसँगै रेग्मीसहित थुप्रै राGaneshजवन्दी २०६३ असारमा रिहा भएका थिए । रेग्मी कारागारभित्र बस्दा पनि कहिल्यै चुप लागेर बसेनन् । जेलभित्र पनि आन्दोलनकारी बनिरहे, जेल प्रशासनको दमनकारी कदम र शोषणका विरुद्धमा लडिरहे,उनीहरुलाई हैरान पारिरहे । नख्खु कारगारभित्रै पटकपटक जेल सुधार र बन्दीहरुको पक्षमा आन्दोलन गरेर चर्चामा आइरहे र नेतृत्वको कमाण्डभन्दा बाहिर कहिल्यै गएनन् ।

२०२१ असार १६ गते माता रेणुका रेग्मी र पिता हरिकृष्ण रेग्मीको जेठा छोराका रुपमा जन्मेका हुन गणेश रेग्मी । हाल उनी काठमाडौंको डाँछी गाविस–४ का बासिन्दा हुन । एकीकृत नेकपा (माओवादी) को नेवा राज्य सम्मेलन आयोजक समितिको सदस्य रेग्मीको कर्मथलो नेपाली मजदुर आन्दोलन नै हो । नेपाली मजदुरहरुका समस्या समाधानका लागि सामाजिक सुरक्षा, मजदुर आयोग गठन, मजदुर पक्षीय श्रम ऐन तथा ट्रेड युनियन ऐन, श्रम नीति तथा औद्योगिक नीति निर्माणको लागि सक्रिय भूमिका खेलिरहेका छन् । उनी ट्रेड युनियनभित्र पनि सहकारी कार्यक्रममार्फत् मजदुरहरुको पक्षमा काम गर्न सकिन्छ भन्ने प्रबल धारणा राख्दछन् ।

Ganesh regmiदुई वर्षमा पुनरावलोकन गरिने न्यूनतम बेतन निर्धारणका क्रममा यसपटक एक हजार ६ सय रुपैया बृद्धि गराउन नेपाल सरकार, उद्योग वाणिज्य महासंघ तथा सिएनआइसित सबैभन्दा बढी संघर्ष रेग्मीले गरेका थिए । त्यतिमात्र होइन अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा पनि उनले त्यत्तिकै महत्वपुर्ण भूमिका खेलेका छन् । नेपाली मजदुर आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अवतरण गराउने उपायहरु उनले आइएलओको महासभामा प्रस्तुत गर्दा सबै राष्ट्रका मजदुर प्रतिनिधिहरुका तर्फबाट स्यावासी पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us