सडक बनाउन कोलम्बियामा यौन सम्पर्क बहिष्कार आन्दोलन

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १०:११ मा प्रकाशित

कोलम्बियाको दक्षिण–पश्चिममा पर्ने बारबाकाओस सहरमा स्थानीय महिलाहरुले सडक निर्माणको माग गर्दै गरेको ‘सेक्स हड्ताल’ दोस्रो वर्षमा प्रवेश गरेको छ । सडकको सुधार गर्नुपर्ने माग गर्दै महिलाहरुले २०११ देखि ‘सेक्स हड्ताल’ सुरु गरेका थिए ।

‘क्रस लेग मुभमेन्ट’ नामको सो पृथक आन्दोलन अन्तर्गत बारबाकाओसलाई देशका अन्य भूभाग जोड्ने सडकको मर्मत नगरुन्जेल महिलाहरुले यौन सम्पर्क बहिष्कार गर्दै आएका छन् । महिलाहरुको पृथक आन्दोलनले निकै हदसम्म काम गर्न थालेको छ । त्यहाँका प्रशासनले उनीहरुको माग अनुसार सडक मर्मत कार्य थालनी गरेको छ ।

cross leg movement

१४ घण्टा लगाएर अस्पताल जानुपर्ने त्यहाँको सडकका कारण कैयौं मानिसले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा र कच्ची सडकको दुर्दसाका कारण बेलै विरामीहरु अस्पताल पुगन नपाउँदा मानिसहरुको ज्यान जाने गरेको डेलीमेलमा समाचार प्रकाशित छ ।

चीन र कोलम्बियाबीच सामान ओसारपसार गर्नका लागि सोही सडकका कारण निकै महंगो पर्दै आएपछि स्थानीय महिलाहरुले सेक्स हड्ताल गरेका हुन् । उनीहरुले हड्ताल अन्तर्गत आफम श्रीमानसँग पनि यौन सम्बन्ध नराख्ने र बच्चा नजन्माउने घोषणा गरेका थिए ।

हड्तालको नेतृत्व गरिरहेका रुबी कुइनोनेजले भनेका छन्, ‘चिकित्सा सहायतासिवना मानिसहरु मरिरहेका छन्, सुत्केरी व्यथा लागेको समयमा समेत हामीले अस्पतालको सेवा पाउन सकेका छैनौं । जबसम्म यो अवस्थाको अन्त्य हुँदैन तबसम्म सेक्सलाई बन्द गरेर बच्चा नपाउने घोषणा गरेका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us