नायिका रेखा थापा पर्साबाट उम्मेदवार

काठमाण्डु टुडे २०७० असोज ४ गते १७:१५ मा प्रकाशित

Prachanda-Rekhaकाठमाण्डु ४ असोज–एकीकृत माओवादीले चर्चित नायिक रेखा थापालाई पर्सा क्षेत्र नम्बर १ बाट संबिधानसभा सदस्यको उम्मेदवारमा सिफारिस गरेको छ । मधेश व्यूरो इन्चार्ज रामचन्द्र झा,भोजपुरा राज्य समितिका  इन्चार्ज प्रभु साह र भोजपूराका संयोजक क्षेत्रबहादुर श्रेष्ठ अनिल वीच शुक्रवार काठमाण्डुमा भएको अनौपचारिक छलफलले रेखालाई पर्सा क्षेत्र नम्बर १ बाट संबिधासनभा सदस्यको उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार रेखासँग छलफल गरेर नै उनलाई पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाइएको हो ।
रेखाले विरगञ्ज नगरपालिकाका पूर्व मेयर तथा तराई मधेश लोकतान्त्रिक पार्टी नेता बिमल श्रीवास्तव र काँग्रेसका राजेन्द्रबहादुर अमात्यसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । राजेन्द्रबहादुर अमात्य सहिद तेजबहादुर अमात्यका छोरा हुन । एमालेले भने सो क्षेत्रमा आफनो उम्मेदवार तय गरिसकेको छैन ।
विरगञ्ज नगरपालिका क्षेत्र भित्र पर्ने सो निर्वाचन क्षेत्रको विर्ता टोलमा रेखाका आफन्त बस्छन । रेखाको बाल्यकाल पनि सोही क्षेत्रमा बितेको थियो । भोजपुरी चलचित्रमा खेलेकी रेखाले सो क्षेत्रका युवाहरुको मत लिन सक्ने स्थानीय बासिन्दाले बताए । उनीहरुका अनुसार श्रीवास्तवका मतदाताले पनि सो क्षेत्रमा रेखालाई मत दिन्छन ।
विरगञ्जमा कार्यरत क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य गोविन्द देवकोटाले भने ‘अव पाँच निर्वाचन क्षेत्रमा चार क्षेत्रमा माओवादी प्रतिस्पर्धामा आउने देखिन्छ ।’ अघिल्लो संबिधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ र २ मा एकीकृत माओवादीको जमानत जफत भएको थियो ।
विरगञ्जको नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसुरुद्दिन अन्सारीले एकीकृत माओवादीमा प्रवेश गरेकै दिन पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने सौभाग्य  पाएका छन । एमाले निकट अन्सारीलाई एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले शुक्रवार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराएका थिए । गत जेठ ४ गते एमाले नेतृ उर्मिला अर्यालसँगै रेखा थापा पनि एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन ।

पढनुस रेखा थापासँग काठमाण्डु टुडेले लिएको अन्तर्वार्ता 

चलचित्र क्षेत्रमा सफलता पाइरहदा किन तपाईले राजनीति रोज्नु भयो ?

  म एक्लै पनि समाज र देशको सेवा गर्न सक्थे । एक्लो आवाज नसुनिन सक्छ,राजनीतिमा हामीले सोचेका कुरा सशक्त शक्ति बन्दै जान्छ । एक्लै आवाज उठाएर देश र जनताले भोगिरहेका समस्या समाधानमा उपलब्धी होला जस्तो लागेन । साँचो राजनीतिले हरेक बिषयलाई परिवर्तन गरिदिन सक्छ । समाजमा देखिएका समस्या समाधान गर्न राजनीति मार्फत सामूहिक रुपमा अगाडि बढाउन सकिन्छ । त्यसका लागि मलाई समूह चाहिएको थियो,त्यसकारण मैले राजनीतिलाई रोजेकी हु ।

नेपालमा थुप्रै राजनीतिक दल छन,किन एकीकृत माओवादी नै रोज्नु भएको त ?

एकीकृत माओवादीको सोच र बिचार प्रति म पहिलेदेखि नै सहमत थिए । बच्चैदेखि नै म मा अलिकति क्रान्तिकारी स्वभाव थियो । अग्रगामी र प्रगतिशिल सोच भएको कारणले पनि मेरा बिचार एकीकृत माओवादी पार्टीसँग मिलेको जस्तो लाग्यो । १० बर्षे जनयुद्धका वेला प्रचण्डको स्केच बाहिर आउथ्यो । त्यतिवेलादेखि नै उहाँहरुका बिचार पढथे । पढदै र बुझदै जाँदा मेरो सिद्धान्त यहि पार्टीसँग मिल्छ जस्तो लाग्यो,त्यहि भएर यहि पार्टीमा आए । एकीकृत माओवादी पार्टी भन्ने बित्तिकै नाक खुम्च्याउनेको जमात पनि कम छैन । अरु बिचार बोक्नेहरुले नाक खुम्च्याउनु स्वभाविक हो । एकीकृत माओवादी नयाँ पार्टी भएकोले पनि मान्छेहरुले नाक खुम्च्याएका हुन । काँग्रेस,एमाले र राप्रपालाई पनि पहिले स्वीकार्न मान्छेहरुलाई यत्तिकै कठिन भएको थियो । म काँग्रेस,एमाले वा राप्रपामा गएको भए मान्छेहरुले नाक नखुम्च्याउन सक्थे । द्धन्द्धका घाउहरु आलो काँचो नै छन,सेलाइसकेका छैनन । म जन्मनु भन्दा अगाडिको इतिहास त्यतिधेरै थाहा छैन तर म जन्मेपछि र मेरो चेतनाको बिकास हुने क्रममा एकीकृत माओवादीको बिचार प्रति म सहमत भए । OLYMPUS DIGITAL CAMERA

तपाईको राजनीतिक पृष्ठभूमि चाहि के हो ?

म एक्लो लडाकु हुँ । मेरो अगाडि पछाडि को छ भन्ने जानकारी दिएर म आफूलाई कमजोर पार्न चाहन्न,अथवा आफूलाई ठूलो देखाउन पनि चाहन्न । मेरो परिचय नितान्त मेरै हुनु पर्छ भन्ने मान्यता राख्छु । हजुरबुबा,जिजुबुबा वा भीमसेन थापाको सन्तान भनौला,हुन पनि हु ला रे तर म अरुको नामबाट चिनिन चाहन्न । म एक्लो योद्धा हु । प्रचण्ड बाको पृष्ठभूमि के त ? बाबुराम भट्टराईको पृष्ठभूमि के त ?गिरिजाप्रसाद कोइरालाको पृष्ठभूमि के त ? उहाँहरु पनि एक्लो योद्धा हुनुहुन्थ्यो त्यसकारण म पनि एक्लो योद्धा हुन चाहन्छु । मेरो अगाडि पछाडि कोही पनि नजोडियोस भन्ने मेरो चाहना छ ।

कुनै राजनीतिक पृष्ठभूमि विना राजनीति गर्ने सोच कसरी आयो त ?

कहि न कहि ममा पनि राजनीतिक पृष्ठभूमिको जीन होला । राष्ट्रलाई सोच्ने सोच ममा पनि छ । मेरो पृष्ठभूमिमा राष्ट्रलाई सोच्ने कोही क्रान्तिकारी थियो होला,जो सहिद पनि भए । उहाँहरुको नाम लिदा मैले राम्रो काम गर्न सकिन भने उहाँहरुको बदनाम हुन सक्छ । उहाँ सम्माननीय सहिद हुनुहुन्छ र रहनु हुनेछ । अव म मेरो नामबाट अगाडि बढन चाहन्छु । माधवकुमार नेपाल पनि एक्लै आउनु भएको हो । त्यसकारण सोच्नुस मेरो पनि पृष्ठभूमिमा कोही पनि छैन । कोही सहिद भए,कोही के भए,कोही आउँदै होलान,कोही अन्य बिचार शक्तिमा पनि होलान,तर म नितान्त एक्लो योद्धा हुँ । मेरो पछाडि सम्पूर्ण नेपाली जनता र मेरो पार्टी छ ।

एकीकृत माओवादीमा प्रवेश गरीसकेपछि तपाईले अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग कुराकानी गर्नु भएको छ । पार्टीका कुनै निकायमा काम गर्नु भएको छ ?

अहिले म पार्टीको रिङ भित्र प्रवेश गरिसकेको छैन । उहाँहरुले जिम्मेवारी दिने भन्नु भएको छ । उहाँहरु फुर्सदमा हुनु हुन्न । चुनावको माहोल लागि रहेको छ ।

उहाँहरुले तपाईलाई के भन्नु भएको छ ?

शिर्ष नेतादेखि कार्यकर्ताको चाहना म प्रत्यक्ष निर्वाचनमा लडोस भन्ने छ । अध्यक्ष र दुवै उपाध्यक्षले त्यहि भन्नु भा छ । प्रत्यक्ष निर्वाचन लडने तयारी गर्नुस भन्नु भएको छ ।

rekha 2

तपाईले तयारी थालिसक्नु भयो ?

मैले तयारी थाल्नका लागि उहाँहरुले मेरो कार्यक्षेत्र घोषणा गरिदनु परयो । कुन क्षेत्रबाट उहाँहरुले मलाई उमेदवार उठाउनु हुन्छ,त्यसपछि तयारी गर्छु । तयारी गर्ने कुरामा पनि अरुको भन्दा मेरो फरक सोच छ । अरु निर्वाचन क्षेत्र तोकिएपछि त्यहाँ के बिग्रिएको छ,त्यहाँ के बनाउनु पर्नेछ बाट शुरु गर्छन । म त्यस्तो खालको मान्छे होइन । मलाई कुनै निर्वाचन क्षेत्र तोकियो भने त्यहाँ त मैले केहि पनि गरेको हुँदैन । मैले कला क्षेत्रबाट मनोरञ्जन दिएको छु । म त्यहाँ स्वच्छ छवी लिएर जाने हो । राजनीतिका लागि म नयाँ अनुहार भए नी । त्यो क्षेत्रमा गइसकेपछि त्यहाँका समस्या,कमीकमजोरी केलाएर बिश्लेषण गरेपछि मैले राज्यलाई भनेर हुने सहयोग गर्ने हो । म दुइ हात जोडेर जनतालाई लोभ्याएर भोट माग्ने पक्षमा छैन । म त गरिव मान्छे । मसँग पर्याप्त पैसा पनि छैन । मैले फिल्म खेलेर कति न पैसा कमाएको होला र ? पैसा भएपनि बाँडदिन । तर मलाई नेपाली जनताले एक पटक मौका दिनु परयो भन्छु । त्यसपछि काम गरेर देखाउँछु । अहिले नै गएर घुस दिएर भोट लिन चाहन्न । म घुसिया नेता हुन चाहन्न ।

त्यस्तो आदर्शले चुनाव जित्नु होला र ?

त्यस्तो बानी परेका छौ भने पनि सचेत हुन अनुरोध गर्छु । सच्चा मान्छेलाई उमेदवार छान्नु परयो । जस जसलाई जिताएर पठाउनु भएको थियो उहाँहरुको कार्यशैली पनि देखिसक्नु भएको छ । एक पटक नव प्रवेशीहरुलाई मौका दिनु परयो । उनीहरुले नै जनताको भबिश्य निर्धारण गर्छन ।

कुन जिल्लाको कुन क्षेत्रबाट चुनाव लडन चाहनु हुन्छ ?

हाम्रो समाज र देशमा नाताबाद र क्रिपावाद बढी हावी भएको छ । त्यो मैले महसुस गरेको छु । यदि म नातावाद र क्रिपावादबाट टाढा रहने हो भने मैले मेरो क्षेत्र र जिल्ला भन्दा टाढा जानु पर्छ । मध्यपश्चिमाञ्चलका बाँके,बर्दिया,रोल्पा,दाङ म भन्दा टाढाका क्षेत्र हुन । कोशीपारीका धरान,धनकुटा,बिराटनगर मेरै क्षेत्र हुन । आफनो गृहजिल्ला भन्ने परिपार्टी परिवर्तन गर्नु पर्छ भन्ने मेरो मान्यता हो । म देशको समग्र नेता हुन चाहिरहेको छु भने मैले नेपालको कुनै पनि क्षेत्रबाट उठने आँट गर्नुपर्छ । हाम्रा नेताहरुले पनि यस्तो सोच्नुपर्छ । म जन्मेको ठाउँबाट पश्चिम गएर चुनाव लडने मेरो धारणा हो ।

शिर्ष नेताहरुले त आफूलाई समग्र नेता बनाउन नसकिरहेको वेला तपाईले आफूलाई कसरी समग्र नेता बनाउन सक्नु हुन्छ ?

अवश्य पनि सकिन्छ । जसरी म १२ बर्षको अवधिमा राष्ट्र र सम्पूर्ण नेपाली जनताको कलाकार भए र मनोरञ्जन दिए त्यसैगरी सबैको मनोबिज्ञान र मनोभावना बुझेर राष्ट्रकै नेता भएर सेवा गर्न चाहन्छु । आर्थिक अवस्था कमजोर भएको निमुखा जनताको अनुभूति गरेको छु । त्यसैले म राम्रो नेता बन्न सक्छु र राष्ट्रको नेता बन्न सक्छु । पार्टी एउटा प्लेट फर्म हो । एकीकृत माओवादी,काँग्रेस,एमाले,राप्रपा जुनसुकै दलबाट गए पनि राष्ट्रकै नेता हुन्छ । म एउटा फिल्मको मात्रै नायिक होइन नी,म राष्ट्रकै नायिका भए नी । मलाई मन पराउने दर्शकको साथ सहयोग पाउँछु भनेर नै म राजनीतिमा लागेको हो । नत्र भने यतिका बर्ष लगाएर कमाएको नाम त पानीमा जान्छ । OLYMPUS DIGITAL CAMERAतपाईलाई कहाँबाट चुनाव लडने भन्ने वारेमा नेताहरुले केहि भन्नु भएको छ ?

मलाई काठमाण्डु वा गृहजिल्लामा निर्वाचन लडने कुरा उहाँहरुले गर्नु भएको छ । मेरो गृहजिल्ला पर्ने पूर्वाञ्चल यसै पनि बिकास भएको क्षेत्र हो । यो देश हाम्रो हो । सम्पूर्ण देश हाम्रै हो । जहाँ बिकास भएको छैन,महिला पुरुष वा बालबालिका समस्यामा छन,पूर्वाञ्चलमा भन्दा मध्यपश्चिमाञ्चलमा त्यस्तो समस्या बढी छ । त्यो पनि हाम्रो देश हो । त्यो ठाउँका मान्छेले पनि मलाई माया गर्छन । त्यसैले मेरो प्रस्ताव जहाँ बिकास भएको छैन पश्चिमको त्यस्तो क्षेत्रबाट उठन चाहन्छु । अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले के सजिलो लाग्छ त्यहि गरौला भन्नु भएको छ । त्यसको छिटै निर्णय होला ।

तपाई एकीकृत माओवादीका नेता कार्यकर्तासँग घुलमिल नै भईसक्नु भएको छैन कसरी चुनाव जित्ने बिश्वास गर्नु हुन्छ?

म नयाँ अनुहार र नयाँ व्यक्ति थिए भने मलाई समस्या हुन्थ्यो होला । मेरा दर्शक तिनै कार्यकर्ता हुन । तिनै कार्यकर्ता हुन जनता,तिनै कार्यकर्ता हुन माओवादी । त्यसैले मलाई समस्या पर्छ जस्तो लाग्दैन । म सामाजिक सेवाको क्षेत्रमा पनि काम गरिनै रहेको छु । हाम्रो पार्टीमा सबैजनाले मलाई स्वीकार्नु भएको छ । यदि कसैबाट १० बर्ष लडेर आएको कुरा हुन्छ भने प्रहरीको एउटा हवल्दार वा सिपाही १२–१५ बर्ष त्यहि पदमा रहिरहन्छ । आफनो योग्यता र क्षमता देखाएर प्रहरी निरीक्षकमा आउने कनिष्ठ केटोलाई पनि त्यो हवल्दारले मान्दिन भनेर हुन्छ त ? योग्यता र क्षमताको आधारमा भएको निरीक्षक पदलाई त हवल्दारले मान्नै पर्ने हुन्छ । त्यस्तै मेरो क्षेत्रमा मेरो अनुभव भइसकेको छ । राजनीति सिक्दै र गर्दै जाने कुरा हो । राज्यको नीति बनाउने कुरालाई नै राजनीति भनिन्छ । त्यसैले राजनीति मलाई कठिन हुन्छ जस्तो लाग्दैन । चलचित्र क्षेत्रमा लाग्नु अघि म कला र नृत्य राम्रोसँग प्रस्तुत गर्न सक्दैनथे । म ०४० सालमा जन्मेको केटी हुँ । मैले अहिलेसम्म त राजनीति भोग्दै आएको छु । हरेक नेपाली नागरिकलाई राजनीतिको वारेमा थाहा छ । देशको समस्या र समाधान कसरी हुनु पर्छ भन्ने थाहा छ । त्यसैले मलाई राजनीतिमा त्यति धेरै कठिन नहोला जस्तो लाग्छ ।

जनयुद्ध लडेर आएका नेता कार्यकर्ताले तपाईलाई सजिलै स्वीकारीदेलान ?

जो सच्चा योद्धा छन उनीहरुले स्वीकार्लान । जो सच्चा छैनन र पार्टीको कुरा मान्दैनन सायद उहाँहरुले स्वीकार्नु हुन्न होला । माओवादी भित्रका जति लडाकु कार्यकर्ता हुनुहुन्छ,उहाँहरु सबैको प्रिय पात्र हो,रेखा । त्यसमा म बिश्वस्त छु ।   OLYMPUS DIGITAL CAMERA

राजनीति,समाजसेवा र चलचित्रको संयोजन कसरी मिलाउनु हुन्छ ?

तीन वटै एक अर्काका परिपूरक हुन । समाजसेवा र राष्ट्रको सेवा एउटै कुरा हो । राजनीति खेल जस्तो लाग्छ तर राजनीति खेल होइन । एउटा समाजसेवी राष्ट्रको राम्रो सेवक हुनसक्छ । म जनताको सेवक बन्न खोजेको हो । जनताको मालिक बन्न त सकिदैन । अहिले नेता मालिक भए जनता नोकर भइदिए । हुनु पर्ने चाहि उल्टो थियो ।

कलाकारितामा लागेको १२ बर्षमा सफल नायिका हुनु भयो,राजनीतिमा लागेको कति बर्षमा तपाई मन्त्री हुनहुन्छ होला ?

यहाँ ६० बर्षको उमेरकालाई पनि युवा नेता भनिदो रहेछ । यो परिपाटी परिवर्तन हुनु पर्छ । त्यसका लागि हामी जस्तो युवा पुस्ता राजनीतिमा लाग्नु परयो नी । राजनीतिलाई फोहोरी खेल भनेर बाहिरबाट गाली गरेर मात्रै भएन । बागमती फोहोर छ भने सफा गरौ न त । एउटा बच्चा जन्मिएपछि डाक्टर,इन्जिनियर,पाइलट बन्छु भन्छ,नेता बन्छु किन नभन्ने ?नेता बन्छु पनि भन्नु परयो नी,अनि पो राम्रो नेता जन्मिन्छ देशमा । मैले राम्रो कर्म गर्न सके र जनताको सहयोग पाए भने पाँच ६ बर्षमै राम्रै क्याविनेटमा देख्न पाउनुहुन्छ होला ।

पाँच बर्षमा मन्त्री बन्न हुन्छ ?

मलाई त्यस्तै लाग्छ । दिएनन भने कार्यकर्तामै चित्त बुझाउला ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us