ईरानको राष्ट्रपतिमाथि अण्डा र जुत्ता प्रहार

काठमाण्डु टुडे २०७० असोज १३ गते १:४९ मा प्रकाशित

hasan-rouhanuकाठमाण्डु, १३ असोज – संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्किएका ईरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता प्रहार भएको छ । स्थानिय विमानस्थलमा राष्ट्रपतिको विरोध गरिरहेका प्रदर्शनकारीहरुले अण्डा र जुत्ता प्रहार गरेका हुन् ।

विरोधीहरुले अमेरिका मुर्दावादको नारासँगै ईजरायल मुर्दावादको नारा समेत लगाएका थिए । रुहानीको स्वातकालागि सयौं समर्थकहरुकासाथमा विरोधीहरु पनि पुगेका थिए । यसपटक अमेरिका भ्रमणका क्रममा रुहानीले ईरान आफ्नो परमाणु कार्यक्रमबारे सार्थक छलफल गर्न तयार रहेको बताएका थिए ।

यसअघि इरानी राष्ट्रपति हसन रोहानीले पहिलो पटक अमेरिकी राष्ट्रपति बाराक ओबामासँग वार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति ओवामाले फोनमार्फत इरानी राष्ट्रपति हसन रोहानीसंग वार्ता गरेका थिए । अमेरिकाकै इतिहासमा ३० वर्ष पछि कुनै पनि अमेरिकी राष्ट्रपतिले इरानी शीर्ष नेतृत्वसंग वार्ता गरेको पहिलो पटक हो । इरानको परमाणु कार्यक्रमलाई लिएर अन्तराष्ट्रियस्तरमै चर्चा चलिरहदा अमेरिकी राष्ट्रपति ओवामाले इरानी राष्ट्रपतिसंग वार्ता गर्नुलाई बिशेष महत्वका साथ हेरिएको थियो ।
राष्ट्रपति हसन रोहानीले ट्विटरमार्फत अमेरिकी राष्ट्रपति ओवामासंग फोनवार्ता भएको पुष्टि गरेका थिए । रोहानीका अनुसार ओवामा र उनीबीच इरानको परमाणुलाई लिएर उत्पन्न समस्यालाई राजनीतिक समाधानका लागि सम्झौता भएको छ । रोहानीले ट्विट गर्दै अमेरिकी राष्ट्रपति ओवामाले इरान र अमेरिकाबीचको सम्वन्धमा सुधार भए मात्र त्यस क्षेत्रको विकास हुने विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् । ओवामाले परमाणु मुद्दामा प्रगति भए अन्य मामिलामा पनि सकारात्मक असर पर्ने बताए । रोहानीले यस अघि नै परमाणु मुद्दामा सक्दो चाडो सम्झौता हुनुपर्ने बताउदै आएका छन् ।

परमाणु मामिलामा चाँडै सहमतिमा पुग्नु पर्ने बताईरहेका ईरानी राष्ट्रपतिका सयौं समर्थकहरुले पनि विमानस्थलमा नै भेला भएर समर्थनमा नाराबाजी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us