काठमाण्डु, १० असोज–भारत प्रशासित जम्मू–कश्मीर स्थित कठुआ जिल्लाको हीरानगर पुलिस स्टेशनमा विद्रोहीहरुले आक्रमण गरेका छन् । सेनाको बर्दिमा आएका विद्रोहीहरुले विहीबार विहानै आक्रमण गर्दा चार प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ ।
प्रहरी चौकीमा आक्रमण गरेपछि उनीहरुले कठुआ जिल्लासँग सीमा जोडिएको साम्बा जिल्लाको सैनिक इलाकामा आक्रमण गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । त्यसबेला दुवैपक्षबिच दोहोरो गोली हानाहान भएको थियो । आक्रमणकारीको पहिचान भएको छैन । घटनापछि जम्बु कास्मिरमा सुरक्षा सतर्कता बढाइएको छ ।