काठमाण्डुमा एकसय बढी घर धरहराभन्दा अग्ला !

काठमाण्डु टुडे २०७० असोज ७ गते १:२१ मा प्रकाशित

काठमाण्डु, असोज-कामको खोजीमा विदेश गएका या पढ्न वा यस्तै अरु कामविशेषले विदेशमा रहने नेपालीले नेपालमा मानव निर्मित सबैभन्दा अग्लो के भनेर सोध्यो भने सजिलै जवाफ दिन्छन धरहरा !

तपाईलाई पनि लाग्न सक्छ काठमाडौंमा सबैभन्दा अग्लो धरहरानै हो । यदि तपाईको उत्तर पनि धरहरा आउँछ भने तपाई गलत हुनुहुन्छ । अहिले काठामाडौंको अवस्था  निकै फेरिएको छ । भवन निर्माणमा काठमाडौंमा क्रान्तिनै भएको छ । अहिले निर्माधिन र निर्माण भैसकेका धेरै भवनले काठमाडौंको धरहराको उचाईलाई ओझेलमा पारेका छन । पछिल्लो समय काठमाडौंमा धरहरा भन्दा धेरै अग्ला भवन देख्न सकिन्छ । व्यवस्थित आवास निर्माण, शहरी विकास र बढ्दो प्रतिस्पर्धाले धरहराको उचाई समेत ओझेलमा परेको छ ।images
काठमाडौं लामो समय नफर्किएका जो कसैलाई पनि अनुभूति हुन्छ काठमाडौंमा भवन निर्माणमा आकाश पातलको परिवर्तन आएछ । २०६० सालदेखि व्यवस्थित आवासको परियोजना सहित अपार्टमेन्ट निर्माण शुरु भएदेखि एकादुई गर्दै भवन निर्माणको प्रकृया शुरु भएको हो । शहरी बिकास तथा भवन निर्माण विभागका अनुसार सात देखि २३ तलासम्मका झण्डै एक सय वटा भवन काठमाडौंमा निर्माण भैरहेका छन । त्यस मध्य अधिकाँस अपार्टमेन्ट रहेका छन । रिंगरोड भित्र र बाहिर जता ततै अहिले अग्ला अग्ला भवन देख्न पाईन्छ ।
शहरी बिकास तथा भवन निर्माण विभागका वरिष्ठ ईन्जीनियर शम्भु केसीले अन्डरग्राउण्ड सहित २३ तलाको ग्राण्डी अपार्टमेन्ट सबैभन्दा अग्लो भएको जानकारी दिए । सिई कन्ट्रक्सनले बनाईरहेको ग्रान्डी अपार्टमेन्ट काठामाडौंको धापासीमा रहेको छ । ग्राण्डीका प्रबन्ध निर्देशक दीपककुमार कुँवरले अहिलेसम्म ८ वटा टावर बनिसकेको जानकारी दिए । उनले झण्डै ५५ रोपनी क्षेत्रफलमा ११ वटा टावर बनाउने योजना रहेको र बाँकी काम पनि चलिरहेको बताए । लगानीका विषयमा प्रष्ट पार्दै उनले भर्ने हामीले लगानीको कुरा धेरै मेहेनत गरेर जुटाएका छौं । २३ तल्लासम्मको टावर बनाउन निकैनै महंगो कुरा हो । हामीले झण्डै ६ अर्बको अनुमान गरेका छौं । हेर्दै जाऊ हामी सक्सेस हुनेछौं । ’ यसरी बनाउँन थालिएका झण्डै एक सय वटा भवन मध्य अहिले १५ वटा निर्माण कार्य सम्पन्न गरेर उपयोगमा आई सकेका छन । काठामाडौंमा स्किृति लिएका मध्य अधिकाँस भवनहरु १५ तल्ला भन्दा माथीका रहेका छन । १० देखि १५ तलाका भवन सबैभन्दा धेरै रहेका छन । अहिले पनि सरकारी र गैरसरकारी क्षेत्रबाट काठमाडौंमा विशाल भवनको निर्माण प्रकृया चलिरहेको छ । यो क्रम निकैनै बढ्दै गएको छ ।
काठमाडौं महानगरपालिकाले पनि अहिले २५ तला उचाईको सुविधासम्पन्न भवन निर्माण प्रकृया शुरु गरेको छ । महानगरपालिकाले २५ तलाको भवन बनाउने प्रकृया शुरु भएको जनाएको छ  । महानगरपालिकाले भवनलाई काठमाण्डू टावर नाम राख्ने तयारी गरेको छ । काठमाडौंको पुरानो बसपार्कमा रहेको २२ रोपनी जग्गामा २५ तले भवन निर्माणको प्रकृया शुरु भएको हो । त्यसको लागत झण्डै ६ अर्ब रुपैयाँ रहने महानगर पालिकाको भवन महाशाखाले जनाएको छ । राजतन्त्रको समाप्तीपछि काठमाडौंको मुटु मानिने दरबारमार्ग आसपासमा पनि अग्ला अग्ला भवन बनाउने प्रकृया समेत शुरु भएको छ । पहिले राजदरबारलाई असर पुग्ने भन्दै त्यहाँ तीन तलादेखि माथीका भवन निर्माणमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै नयाँ बानेश्वर आसपासको क्षेत्रमा पनि झण्डै ७ सातवटा भवन बनिसकेका छन  । संविधानसभा भवन बनाइएको आईसीसी आसपासको क्षेत्रमा अहिले निकै ठूला भवन देख्न सकिन्छ । कोटेश्वर, भक्तपुरको आसपास, ललितपुरका विभिन्न ठाउँमा पनि अहिले विशाल भवन बनिरहेका छन ।
सुरक्षाको दृष्टिकोणमा कस्ता छन भवन
नेपाल भूकम्पीय दृष्टिकोणले संसारमै खतरनाक देशमा पर्छ । विश्वका भूकम्प जानसक्ने खतरा भएका शहर मध्य काठमाडौं १० वटा शहर भित्र पर्छ । जमिन मुनिको पानी तानेर काठमाडौं भासिने खतरा भनेर पटक पटक भूगर्भसास्त्रीहरुले चेतावनी दिईरहेका बेला बनिरहेका भवनको अवस्था कस्तो छ त ? सामान्यतया भूकम्प प्रतिरोधात्मक भवन बनाईएकोले चिन्ता मान्नु नपर्ने निर्माण व्यवसायीले दावी गरेका छन । तर यसको नियमन गर्ने कुनैपनि निकाय छैन । विभिन्न बस्तुको जाँच गर्नुपर्ने भएपनि जिम्मेवार निकायको उदासिनता बेला बेलामा देखिने गरेको छ । त्यसैले काठमाडौंमा बनेका भवनको अवस्थाका विषयमा यसै भन्न सकिदैन । किन की कानुनी रुपमा जाँच्नुपर्ने धेरै कुराहरुमा लचिलो पन अप्नाउने चलन छ । जे भएपनि काठमाडौंमा अग्ला अग्ला भवन बनाउने होड चलिरहेको छ ।
नेपालमा अहिलेसम्म यति अग्लासम्म भवन बनाउन पाउने भन्ने कुरा कानुनी रुपमा कहि कतै उल्लेख गरिएको छैन । यसको अर्थ हो नेपालमा सकेजति अग्लो भवन बनाउन पाईनेछ । नेपाल जग्गा तथा  आवास बिकास संघका सचिव भेषराज लोहनीले नेपालमा दैनिक अग्ला अग्ला भवन बन्दै गएपनि कति अग्लासम्म भवन बनाउन पाउने भन्ने कुरा कहि कतै उल्लेख नभएको बताए । उनले सामान्य प्रकृया पुरा गरेपछि जति अग्ला भवन बनाउन पनि नेपालको कानुनमा छुट भएको विश्वसन्देशलाई जानकारी दिए । त्यसैले अहिले नेपालमा बनिरहेका भवन जमिनको क्षेत्रफलका आधारका उचाईमा  बरिहेका छन । तर नेपालमा भवन बनाउनु पूर्व नगरबिकासबाट स्वीकृती लिनुपर्ने, भवन निर्माण विभागबाट तथा विमानस्थालबाट अनिवार्यरुपमा स्वीकृती लिनुपर्ने प्रावधान रहेको छ ।
शहरी बिकास तथा भवन निर्माण विभागका वरिष्ठ ईन्जीनियर शम्भु केसीले अहिले पनि कानुनी प्रावधान राम्रो रहेको दावी गर्छन  । उनका अनुसार अहिले पनि भवनको संरचना, माटोको स्तर र भवनको डिजाईनलाई हरेरनै भवन निर्माणका लागि स्विकृति दिने गरिएको छ । काठमाडौंमा अझ अहिले जमिन मुनी पनि दुई तीन तलासम्म बनाउन सकिने प्रविधि भित्रईसकेको छ । भवन सम्बन्धी जानकार राजन कर्माचार्यले दीर्घकालिन बिकासका रणनीतिक योजना अनुसार नेपालमा भवन निर्माण हुन नसकेको बताए । वरिष्ठ आर्किटेक्ट एवंल प्लानर रंजन शाहले बसोबासलाई व्यवस्थित बनाउने काम नेपालमा आवश्यक भैसकेको बताए । अहिले भवन बनाउनका लागि नगरबिकास समिति, शहरी विकास विभाग र नगरपालिकाबाट काम गर्नुपर्दा यसको प्रभावकारीतामा प्रश्न चिन्ह उत्पन्न भएको छ । सबैलाई समेटेर भवन निर्माणका लागि सुविधा सम्पन्न निकाय खडा गर्नु आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन ।  वरिष्ठ आर्किटेक्ट एवंल प्लानर शाहले नियम मिच्नेलाई जरिवानाको व्यवस्था गर्नुपर्ने, कुन क्षेत्रमा कस्तो भवन बनाउने भन्ने कानुनमै स्पष्ट उल्लेख गर्नुपर्ने, नियमावलीमा कहिकतै लचिलो नहुने हो भने काठमाडौंका भवनहरु सुरक्षित पार्न सकिने बताए । अहिलेका भवनहरु पूर्णरुपमा सुरक्षित नभएको विज्ञहरुको दाबी छ ।
नीजि क्षेत्रबाट निर्माण भैरहेका भवनले सरकारलाई केही हदसम्म राहत मिलेको अवस्था छ । सहयोग भएपनि कुन क्षेत्रमा कस्तो भवन बनाउने भन्ने कुरा प्रष्ट छैन । आवास क्षेत्रमा व्यवसायीक भवन बनेका छन भने व्यवसायीक क्षेत्रमा औद्योगिक र आवास भवन बनेका छन । यसले काठमाडौंको वातावरणलाई राम्रो गरेको छैन । सुन्दर शहर निर्माणका लागि अब सरकारले लामो समयसम्मको योजना ल्याउनु आवश्यक भैसकेको छ  । त्यसका लागि विशेषज्ञ सामेल गरेर सरकारले भवन सम्बन्धी प्रष्ट मापलदण्ड तयार गर्नु पर्छ । अहिले एउटा भवनले अर्को भवनलाई छेकेको देखिन्छ । प्रकाश रोक्ने, प्राकृतिक वातावरणलाई बिर्गाने भवन निर्माण गर्नुहुँदैन । सरकारले अग्ला भवन बनाउने क्षेत्र पनि तोक्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us