
काठमाण्डु, ४ असोज – अन्तर विद्यालय छात्र तथा छात्रा विद्यालय राष्ट्रिय फुटबल प्रतियोगितामा दीपज्योती विद्यालय बाँकेले विजयी शुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर च्यासलमा शुक्रबार विहान भएको पहिलो खेलमा दीपज्योतीले अरुणिमा मावि काठमाण्डुलाई ६–० ले हराएको हो ।
दीपज्योतीको जीतमा भवानी विकले ४ तथा संगीता चन्द र रोजा राणाले एक–एक गोल गरे ।