मिनी ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ ३० गते ३:०५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ–रसुवाको थुक्रेमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया रेमजुङ तामाङ र ६४ वर्षीया हाप्री तामाङ रहेका छन् ।

दुर्घटनामा घाईते भएका १४ जनामध्ये ट्रक चालक सहित ११ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारको लागी काठमाण्डु ल्याईएको छ । अन्य तीनजनाको भने जिल्ला अस्पताल रसुवामा उपचार भईरहेको छ ।

हिजो वेलुकी पौने ७ बजे स्याप्रुबेसीबाट धादिङको तिप्लीङ तर्फ जाँदै गरको बा २ ख २९५६ नम्वरको मिनी ट्रक सडकबाट अन्दाजी ५ सय मिटर तल भिरमा खस्दा दुर्घटना भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

ट्रान्सफर्मर पड्किएर एकजनाको मृत्यु

यसैबीच आगलागीका कारण डडेल्धुरामा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छन् । ट्रान्समिटरबाट सुरु भएको आगलागीबाट आलिताल–४ रक्सौनका २८ वर्षीय नरेन्द्र थापाको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ३० वर्षीया गर्भवती लीला बुढाथोकी गम्भीर घाइते भएकी छन् । बुढाथोकीलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।

विद्युत् लाइन सर्ट भई ट्रान्सफर्मरमा आगलागी भएपछि आलिताल–४ का रक्सौन, डडल्ले र घुम्ती बजारका दर्जनौं घर क्षतिग्रस्त भएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us