

परासी, २४ भदौ – नवलपरासीका विभिन्न स्थानमा चोरीमा संलग्न तीन भारतीय महिलासहित नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय महिलाहरु जानकी केवट, सुनिता केवट र भानमति केवट रहेका छन् ।
यसैगरी मनरीमा राईस मिल र बोर्डिङ स्कुलबाट विभिन्न सामान चोर्नेहरु मनरी–२ का खिरी नारायण चौधरी र सुनिल हरिजनलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसैगरी सोमनीको रवीन्द्र यादवको पसलमा चोरी गर्ने विजय चौधरी, राजेश चौधरी, सञ्जय चौधरी र बेचन चौधरीसमेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट चोरीका सामानसमेत बरामद भएको र ति सामान सम्बन्धित व्यक्तिलाई बुझाइने छ । परासीस्थित हाटबजारमा बजार गर्न आएका तथा मेला हेर्न आएकाहरुका मोवाइल, हाते पर्स चोरी गर्दा उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको नवलपरासी प्रहरीले जनाएको छ ।