‘जागिर चाहियो, नाच्नुहोस्’

काठमाण्डु टुडे २०७० भदौ २४ गते २:४२ मा प्रकाशित

dancingएजेन्सी । जागिरका लागि लिखित परीक्षामा सफल भएपछि अन्तर्वार्ताका लागि बोलाइन्छ । अन्तर्वार्तामा के गर्न बोलाइएला ? प्रायः अन्तर्वार्तामा सम्बन्धित क्षेत्रबारे अनुभव तथा सम्बन्धित प्रश्न सोधिनुपर्ने हो । तर, बेलायतको एक कम्पनिले अन्तर्वार्ता दिन गएका आवेदकलाई नाच्न पो लगायो !

रिटेल चेन क्यारिज कम्पनिको स्टोरकिपर पदकालागि अन्तर्वार्ता दिन गएका आवेदकलाई नाच्न लगाइएको हो । ‘तपाईंलाई जागिर चाहिएको हो, नाच्नुहोस् र हामीलाई खुसी पार्नुहोस् ।’ एक आवेदकले आफूलाई अन्तर्वार्तामा सोधिएका प्रश्नबारे विविसिलाई भनेका छन्, ‘मलाई र्याप गीतमा नाचेर देखाउन भनिएको थियो ।’

सो कम्पनिले यो समाचार बाहिर आएपछि आवेदकहरुसँग क्षमा मागेको छ । कम्पनिले आवेदकसँग फेरि अन्तर्वार्ता लिने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us