सिरियामा बढदै गएको गृहयुद्ध र पछिल्लो समयमा विकसित राजनीतिक परिवेशका कारण इजरायलबाट नेपालीको उद्दार गर्नु पर्नेस्थिती आउन सक्ने अनुमान परराष्ट्र मन्त्रालयले गरेको छ । उद्दारको स्थिती आए कसरी नेपालीलाई स्वदेश ल्याउने भन्ने बारेमा तयारी भइरहेको छ । इजरायलमा करिव दुई हजार पाँंचसय नेपाली कामदार कार्यरत रहेका छन् । त्यसमा दुई हजार महिला र बाँकी पुरुष छन् । महिलाहरु वयोवृद्धको सेवा गर्ने काम केयरगिभरको रुपमा कार्यरत छन् ।
‘इजरायलमा पछिल्लो समयमा विकासित राजनीतिक परिवेशलाई हामीले हेरिरहेका छौ । स्थिती गम्भीर बने नेपालीको उद्दार गर्नु पर्छ,’ परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापाले भने । अमेरिकी काँगे्रसले सिरियामा आक्रमण गर्न सक्ने विधेयक पारित गरेपछि यस्तो स्थिती र्सिजना भएको हो । परराष्ट्र मन्त्रालयले इजरायलबाट करिव दुईहजार नेपालीलाई उद्दार कसरी गर्ने भन्ने बारेमा सोच्न थालेको उनको भनाई थियो । ‘स्थितीलाई हेरेर हामी तत्काल फिल्डमा आउन सक्ने अवस्थामा छौ,’ उनले भने ।
यसअघि सन् २०११ मा सरकारले लिवियाबाट करिव १८ सय नेपालीको उद्दार गरेको थियो । लिवियाका तानाशाह कर्णेल गद्दाफीविरुद्धको आन्दोलन हिंसक बनेपछि करिव एक महिना लगाएर नेपाली कामदारको उद्दार गरिएको थियो । यसका लागि अन्तराष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाईजेसन फर माइग्रेसनले पनि सहयोग गरेको थियो । इजरायलले सन् २०१० को अप्रिलदेखि नेपाली कामदार लिन बन्द गरेको छ । त्यसअघि यो राष्ट्र महिलाका लागि आर्कषक गन्तव्य थियो । सन् २००९ मा करिव १२ हजार नेपाली इजरायलमा कार्यरत थिए । बिजमाण्डु डटकम