मुसर्रफमाथि भुट्टो हत्याको औपचारिक आरोप अदालतमा

काठमाण्डु टुडे २०७० भदौ ४ गते १७:५३ मा प्रकाशित

रावलपिण्डी,४ भदौ -पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा औपचारिक रुपमा दोषारोपण गरिएको छ । प्राप्त समाचारमा मुसर्रफलाई मङ्गलबार नै पाकिस्तानको रावलपिण्डी सहरमा रहेको आतङ्कवादविरोधी अदालतले सो विषयमा सुनुवाई सुरु गरेको छ।

विगत केही महिनादेखि हिरासदमा राखिएका मुसर्रफलाई यसअघि पनि पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा दोषी रहेको आरोप लगाइएको थियो । तर मङ्गलबार मुसर्रफलाई सो अदालतमा औपचारिक रुपमा नै मुद्दामाथि सुनुवाई थालिएको बताइएको छ। यो सँगै पाकिस्तानको राजनीतिमा एक नयाँ तरङ्ग आउन सक्ने पनि बताइएको छ। पाकिस्ताका पूर्व शासक मुसर्रफले भने यो आरोपको सुरुदेखि नै खण्डन गर्दै आएका छन मुसर्रफले भुट्टोको हत्यामा आफ्ने कुनैपनि हात नरहेको बताउँदै आएका छन

 पाकिस्तानका पूर्व प्रधानमन्त्री भुट्टोको निर्वाचन प्रचारका क्रममा गएका बेला रावलपिण्डीमा सन् २००७ मा गोली लागि हत्या गरिएको थियो। सो समयमा पाकिस्तानमा मुसर्रफ नै राष्ट्रपति थिए। मुसर्रफ सो समयका भुट्टोका कडा आलोचक रहेको र भुट्टोले पनि तत्कालीन समयको सैनिक शासनको कडा बिरोध गर्दै आएकी थिइन

 उक्त अदालतमा सरकारतर्फका अधिवक्ता चौधरी अजारले मुसर्रफलाई भुट्टोका हत्यामा सघाएको र आतङ्कवादलाई प्रश्रय दिएको आरोप लगाइएको जानकारी दिए। ती आरोपहरुमा अदालतमा सुनुवाई सुरु भएको छ। यसअघि मुसर्रफलाई उक्त आरोपमा थुनामा मात्र राखिएकोमा अदालतमा सुनुवाई सुरु हुनुले मुसर्रफमाथि सो आरोपको औपचारिकता नै सुरु भएको छ।

सेनालाई पाकिस्तानको एक शक्तिशाली अङ्गका रुपमा लिइन्छ । त्यहाँको राष्ट्रिय सेनासँग देशमा कयौँ पटक शासन सञ्चालन गरेका अनुभवहरु पनि छन् । त्यसैले पाकिस्तानका यी पूर्व सैनिक प्रमुखलाई उक्त हत्याकाण्डमा थुनिएमा कुनै न कुनै किसिमको राजनीतिक उथल पुथल हुनपनि सक्ने अनुमान विश्लेषकहरुको छ। दुई हप्तामात्र अघि मुसर्रफलाई शान्ति सुरक्षाको कारण देखाई अदालतसमक्ष उपस्थित पनि गराउन सकिएको थिएन । मुसर्रफलाई पाकिस्तानका तालिवानहरुले हत्या गर्ने चेतावानी यसअघि नै दिइसकेका छन्। रासस एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us