लडाकुलाई सेना बनाउन १ अर्ब खर्च

काठमाण्डु टुडे २०७० भदौ ११ गते ०:२३ मा प्रकाशित

ladakuकाठमाण्डु । समायोजन प्रकृयामा आएका माओवादी पूर्व लडाकुलाई नेपाली सेनाको आधारभुत तालिम गराउँदा राज्यकोषबाट करिब १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । सैनिक मुख्यालय स्रोतका अनुसार आधारभूत तालिममा सहभागी भएको दिनदेखि दर्ज्यानी चिन्ह प्रदान गर्दाको अवधिसम्म लडाकुका लागि तलब–भत्ता, हतियार, गोलीगठ्ठालगायत बन्दोबस्तीका सामानमा यो रकम खर्च भएको हो ।

२०६८ मंसिर १० बाट शुरु भएको तालिममा ७० अधिकृत तथा १ हजार ३ सय ५२ पदीक तहका सहभागी थिए । सैनिक सेवामा छनोट भएका १ व्यक्तिलाई आधारभूत तालिमदेखि दज्र्यानी चिन्ह प्रदान गर्दासम्म करिब ७ लाख ४७ हजार ७ सय रुपैयाँ खर्च हुन्छ, कारोबार दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us