सेयर बजारले नयाँ रेकर्ड बनायो

काठमाण्डु टुडे २०७७ पुष १९ गते १७:०५ मा प्रकाशित

काठमाण्डु, १९ पुस– सेयर बजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । योसँगै नेप्सेले २ हजार १ सय ७५ दशमलब ३९ अंक छोएको छ । सबैभन्दा धेरै व्यापार उप–समूहका कम्पनीका सेयर मूल्य बढेको छ । व्यापार समूह ९.६४ अंकले बढेको छ हो ।

आइतबार कूल २ सय १२ कम्पनीका ५४ हजार ६ सय ९८ कारोबारबाट १ करोड ४० लाख २६ हजार ८ सय ६६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ पुगेको छ ।

यस्तै सन्सेटिभ इन्डेक्स पनि ३ दशमलब ९७ प्रतिशत अर्थात ५ दशमलब ०७ अंकले बढेर १ सय ३२ दशमलब ९७ अंकमा पुगेर बन्द भएको छ ।

सबैभन्दा धेरै सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us