अमेरिकाको ऊर्जा विभागमा अहिलेसम्मकै ठूलो हमला

काठमाण्डु टुडे २०७७ पुष ४ गते ८:५३ मा प्रकाशित

एजेन्सी– अमेरिकाको ऊर्जा विभागमा हालसम्मकै सबैभन्दा ठूलो साइबर हमला भएको छ ।

अधिकारीहरुले उक्त हमलामा रुसको संलग्नता रहेको आरोप लगाएका छन् । तर, रुसले अमेरिकी आरोप अस्वीकार गरेको छ । ऊर्जा विभाग अमेरिकाको परमाणु हतियार रेखदेख गर्ने निकाय हो । हतियार भण्डारण सुरक्षामा भने ह्याकिङले कुनै खतरा निम्त्याएको छैन । विभागका प्रवक्ताले म्यालवेयरले बिजनेस नेटवर्कलाई मात्र क्षति पुर्याएको बताएका छन् ।

एक महिना अघिदेखि जारी हमलाबारे आइतबार मात्र पत्ता लागेको थियो । यसैबीच नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले साइबर सुरक्षा आफ्नो प्रशासनको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us