भरतपुरमा रेणु दाहालको कामः जे देखें, त्यही लेखें

रामचन्द्र अधिकारी २०७७ वैशाख १२ गते १०:५७ मा प्रकाशित

विश्वव्यापी महामारीका रुपमा फैलाएको  कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट उत्पन्न सङ्कटसंग लड्न प्रयासहरु भइरहेका छन् र त्यसको प्रभावकारीता पनि देखिएको छ ।

नेपाल सरकारद्वारा प्रारम्भिक र प्रभावकारी विधि ‘लकडाउन’ घोषणा गरेको एक  महिना पुगेको छ संघीय सरकारको निर्णय र निर्देशन अनुसार भरतपुर महानगरपालिकाले कोभिड- १९ नियन्त्रण र रोकथामका लागि जिम्मेवारी र कर्तव्य बोधसहित जनचेतना, सम्प्रेषण, संदेश, सम्भावित संक्रमितहरुको तथ्यांक संकलन र स्वास्थ्य उपचारको पूर्व तयारीको रूपमा भरतपुर कोरोना विशेष (७० सय्याको अस्थायी अस्पताल) ७२ घण्टाभित्रै महानगरको सक्रिय पहलकदमी र चितवनका निजी क्षेत्रको सहभागितामा २०७६ चैत्र ७ गते तयार गरी संचालन गर्न सफल भएको छ ।

यस अवधिमा अस्पताल, क्वारेन्टाइन र रोग पहिचानका लागि अत्याधुनिक पीसीआर प्रयोगशाला, पर्याप्त स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीहरु, जिल्लाका सबै अस्पतालसंग समन्वयसहित सेवालाई व्यवस्थित गर्न सक्षम भएका छ । यस अस्पतालबाट हालसम्म ६५१ जना बिरामीहरुले उपचार सेवा लिइसकेका छन् ।

भरतपुर महानगरपालिकाद्वारा स्थापित यस अस्पताललाई नेपाल सरकारले निर्धारण गरेको कोरोना विशेष अस्पतालका रूपमा परिभाषित गर्दै भरतपुर अस्पतालसंग एकाकार गरी प्राविधिक जनशक्ति व्यवस्थापनको सहजता र संचालनको एकरूपता कायम गर्दै थप मजबूत गरी सेवा प्रभावकारी बनाउन यसको व्यवस्थापनको अगुवाई भरतपुर अस्पतालले गर्ने र आवश्यक सहयोग र समन्वय महानगरपालिकाद्वारा गठित विशेष कार्यदलले गर्ने गरी एक समझदारीपत्रमा हस्तान्तरणसमेत भइसकेको छ । ।

भरतपुर महानगरपालिकाको आग्रहमा केन्द्रीय सरकारको प्राविधिक टोलीको निरीक्षण, भरतपुर अस्पताल, कृषि वन विश्वविद्यालय, क्यान्सर अस्पताल, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाको विशेष सहयोगमा र चितवनस्थित सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण जनसमुदायको सहयोगमा स्थापित परीक्षण प्रयोगशालाबाट चितवन र यस वरपर क्षेत्रका सम्भावित संक्रमितहरुको परीक्षण हालसम्मको तथ्यांकअनुसार ३३० पीसीआर र १८२ व्यक्तिहरुको आरडीटी (-यापिड डाइग्नोस्टिक टेस्ट) परीक्षण समेत भएको छ ।  जसमा दुईजना पोजिटिभ र बाँकी सबै नेगेटिभ परिणाम आएको छ ।  पोजिटिभ देखिएका बिरामीलाई भरतपुर अस्पतालको क्याबिनमा विशेष व्यवस्थासहित उपचार भैरहेको छ भने परीक्षणको नतिजा नआईसक्दा सम्मको लागि कोरोना विशेष अस्पतालमै आइसोलेशन वार्डको पनि व्यवस्थापन गरेको छ ।
लकडाउनबाट प्रभावितअति विपन्नपरिवार,श्रमिक/मजदूर वर्गप्रति महानगरपालिका  सचेत हुँदै महानगरको सापेक्षतामा प्रारम्भिक रुपमा राहतको अपेक्षा राख्नेहरुलाई खाद्यान्न संकलन गरी राहत वितरण गरिसकेको छ ।

 राहत वितरण कार्यक्रमलाई महानगरले सबै वडामा र टोलहरुमा एकरूपतामा एकै गुणस्तर र मापदण्डमा कुल १५३७० घरपरिवारले चामल, दाल, नून, तेललगायतका राहत सामग्री प्राप्त गरेका छन् र आमजनसमुदायमा भरतपुर महानगरमा कोही पनि भोकै मनुनपेर्न सकारात्मक सन्देश प्रवाह भएको छ ।

अब महामारीको अवस्था र लकडाउनको अवधिलाई ध्यान दिंदै आवश्यक राहत वितरणको निम्ति वास्तविक प्रभावितको तथ्यांक संकलन सम्बन्धित टोल र वडाहरुले गृहकार्य पनि जारी रहेको जानकारी महानगरले गराएको छ ।  आपतविपत परेमा हाम्रो हेल्प डेस्क र टोल फ्री नम्बर १६६०५६५२२२२ र हटलाइन ०५६५२०७०६ बाट जानकारी दिन पनि अनुरोध अनुरोध गरेको छ । लकडाउनको पूर्ण परिपालनाको निम्ति, कृषि उत्पादनको बजारीकरण, दैनिक उपभोग्य वस्तुको उपलब्धता र सामाजिक जीवन सुचारु गराउनका निम्ति महानगरले सूचनासमेत जारी गरिसकेको छ ।

लकडाउन भएपनि महानगरपालिका कार्यालय तथा वडा कार्यालयका अत्यावश्यक कार्यहरु जस्तो फोहोर व्यवस्थापन, गुनासो सुन्ने, राहत वितरण व्यवस्थापन, तथ्यांक संकलन र समन्वयकारी कार्यहरु निरन्तर जारी रहेका छन् । यसका लागि निश्चित संख्यामाकर्मचारीहरु नियमित कार्यालयमा हाजिर भएका छन् । कोभिड-१९ विरुद्ध लड्नका निम्ति सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले गर्ने सहयोग एकद्वार प्रणाली मै व्यवस्थित गर्ने र रकम जम्मा गर्नसक्ने गरी विपद व्यवस्थापन राहत कोष खाता १९६०००००११०१ राष्ट्रिय वाणिज्य बैंकमा सुचारु गरिएको छ । काठमाडौँ लगायत अन्य जिल्लाबाट पैदलयात्रुलाई खान र बस्न स्थानीय निजी तथा सामुदायिक संस्थाहरुको सहयोगमा विभिन्न ठाउँमा व्यवस्था गर्दै आएका छ र नयो क्रम निरन्तर जारी रहने महानगरले जनाएको छ ।

। त्यस्तै, नागरिक तहमा कोभिड १९ रोगसंग सम्बन्धित सूचना आदान प्रदान गर्नका लागि ‘महानगरपालिका प्रकोप व्यवस्थापन प्रणाली’ नामक मोबाइल एपसमेत तयार भएर संचालनमा ल्याइएको छ ।

भरतपुर महानगरपालिकामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्यांक संकलन गरी २९८ जनालाई सम्पर्कमा ल्याई आवश्यक परीक्षण, उपचार र व्यवस्थापन गरेको छ  । साथै, कोभिड १९ जस्तो महामारी रोगको विरुद्ध अहोरात्र खटिभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खान, बस्न र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरेको छ । छ । कोभिड-१९ नियन्त्रणका लागि प्रदेश सरकारले समेत सहयोग गरेको र महानगरपालिकाले आवश्यक रकम कोरोना अस्पतालको संचालनका लागि विनियोजन गरेको छ ।

राहत वितरणलाई प्रभावकारी बनाउन उप-प्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले राहत मापदण्ड परिमार्जन तथा अनुगमनका कार्य गरिरहेको छ । महानगरभित्रका रोकिएका पूर्वाधार निर्माणका कार्यहरु पनि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संचालन गर्ने निर्णय भएको र सोही अनुसार शीघ्र कार्य थालनी हुँदैछ ।

लकडाउन अवधिमा भरतपुर महानगरपालिकाका आमजनसमुदायले अनुशासित भई सदासयतापूर्वक महानगरको अभियानलाई साथ दिएका छन् । लकडाउनको अवधि स्वाभाविक रूपमा कष्टकर नै हुने गर्दछ । प्राकृतिक संकटका रूपमा आएको कोरोना र यसले ल्याउने सम्भावित महामारीको त्रासभन्दा लकडाउनमा भएको कष्टलाई सहज रूपमा नै लिनुपर्दछ ।

(अधिकारी सत्तारुढ नेकपाका युवा नेता हुन्)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us