भैरवी मन्दिरको मुर्ति चोर्नेहरु थुनामा

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते १४:१५ मा प्रकाशित

murtiनुवाकोट, १२ मंसिर– भैरवी मन्दिरमा चोरी गरेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले मुद्दा चलाइएका दसै जनालाई पुर्पक्षमा राखेर मुद्दा चलाउन आदेश दिएको हो ।
प्रहरीले गत कात्तिक ११ र १२ गते पक्राउ गरी उनीहरुलाई सबुत प्रमाणसहित कात्तिक १३ गते ‘पुरातत्व सामग्री ऐन’अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा चलाएकामा सामरी–१ का संजोग नेपाली, खड्गभन्ज्याङ–६ का योगेन्द्र अधिकारी, मनकामना–३ का तोरण लामा, सूर्यमती–२ का दीपक थापा, विदुर नगरपालिका–१ का सुरेश तामाङ, ८ का बिजयी आले मगर र सुब्बा सुर्खेती, ९ का सरोज जयरुङ, रसुवा सरमथलीका प्रदीप मोक्तानलगायत छन् ।

प्रहरीले अभियुक्तसँग चोरी भएकामध्ये मन्दिरका मूर्ति एक थान, चाादीको सिक्री एक थान, रकम सहितको दानपेटिका र सिक्का सहितको करुवा एक थानसमेत बरामद गरेको थियो ।

चोरिएकामध्ये मन्दिरको किकिम्पा, चाादीको सिक्रीलगायत सामग्री बरामद् हुन बााकी रहेको बताइएको छ । मन्दिरमा गत साउन ३१ गते राति ढोका फोरेर चोरी भएको थियो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us