बंगलादेशकी हसिना र भुटानका तोब्गे आज जाँदै

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते २:४३ मा प्रकाशित

hasina-tobgeकाठमाण्डु, १२ मंसिर– १८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका राष्ट्र तथा सरकार प्रमुखमध्ये बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे आज स्वदेश फर्कंदै छन् ।

हसिना बिहान साढे १० बजे र तोब्गे साढे ११ बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्रीद्वय बामदेव गौतम र प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको बिदाई गर्नेछन् ।

सार्क सम्मेलन सकिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयुम र अफगान राष्ट्रपति मोहम्मद असरफ घानी गएराति नै स्वदेश फर्किसकेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रालयले आज अपराह्न तीन बजे पत्रकार सम्मेलन गरेर सार्क सम्मेलनबारे जानकारी गराउने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us