काठमाण्डु, १२ मंसिर– १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाण्डु आएका सदस्य राष्ट्रका सात सरकार तथा राष्ट्र प्रमुखमध्ये ५ जना गएराति नै स्वदेश फर्किए ।
फर्कनेमा श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयुम, अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ छन् ।
मोदी आफैंले ल्याएको विशेष विमान र सरिफ पाकिस्तानी एयरलाइन्सबाट स्वदेश फर्किए । श्रीलंकाली राष्ट्रति राजापाक्ष पनि विशेष बिमानमा काठमाण्डु उत्रिएका थिए । फर्कने बेलामा पनि उनलाई लिन विशेष विमान आयो ।
उनले माल्दिभ्सका राष्ट्रपति अव्दुल्लाहलाई लिफ्ट दिएर लगेका थिए । अब्दुल्लाह राजापाक्षसँगै श्रीलंका पुगेका छन् ।
त्यसअघि अब्दुल्लाह कतार एयरवेजको नियमित उडानबाट भए दोहाहुँदै स्वदेश फर्कने तयारीमा थिए ।
धुलिखेलमा बिहीबार भएको सार्क रिट्रिटमा सरिक हुने क्रममा अब्दुल्लाहले राजापाक्षसँग लिफ्ट मागेका थिए ।