दुई जना अपहरणकारी पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते १२:०९ मा प्रकाशित

पोखरा, ११ मंसिर– कास्कीमा दुई जना अपहरणकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय कास्कीले अपहरण कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको हाे ।

apaharn_

पक्राउ पर्नेमा हेम्जा–६ कास्कीका  ३३ वर्षीय ढाकाराम अधिकारी र पर्साका नविन थापा भन्ने २० वर्षीय अस्विन सुरेखालाई रहेका छन् ।

उनीहरुले पोखरा रामकृष्ण टोलका ४५ वर्षीय थानेश्वर ढुंंगानालाई गत कात्तिक २६ गते साँझ ८ बजे घर नजिकबाट अपरहण गरेका थिए । अपहरणपछि ढुंगानालाई पोखराको गैरपाटनस्थित नवीन उच्च मवि नजिक रहेको नेवा: भुटु नामक क्याफेमा लगी १ लाख ६० हजार ५ सय रुपैयाँ नगद र २ लाख रुपैयाँको मेट्रो बैंंकको चेकसमेत लुटेको प्रहरीले बताएको छ ।

प्रहरीले अपहरणकारीबाट फिरौती वापत लिएको नगद ७० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्त अस्विन सुरेखा रेडियो अन्नपूर्णमा कार्यरत पत्रकार शिशिर पौडेललाई कुटपिट गरेकोलगायतका अन्य घटनामा र चोरी मुद्दामा ३ महिना जेल सजायसमेत भोगीसकेको व्यक्ति हुन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us