
परासी, १० मंसिर– भारतीय वन कर्मचारीको कुटाइबाट नवलपरासीमा एक नेपालीको मृत्यु भएको छ ।
कुडिया–९ बिन टोलका बाबुनन्द विनको भारत बिहार बाल्मिकीनगरका वन कर्मचारीको कुटाइबाट ज्यान गएको हो ।
नारायणी नदीमा माछा मार्ने क्रममा उनी बिहारको जंगल क्षेत्रमा पुगेका थिए । उनलाई बाल्मिकी नगर क्षेत्रका रेन्जर सुनिलकुमार सिन्हा र गोरख रामले रुख काट्न आएको भन्दै कुटपिट गरेका हुन् ।
यसैबीच मृतकका परिवारले घटनामा संलग्न वन कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।