
मोरङ, १० मंसिर– जिल्ला शिक्षा कार्यलय मोरङमा कार्यरत २३ जना शिक्षकले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकको शैक्षिक योग्यता प्रमाणपत्र माग्न थालेपछि राजीनामा दिन थालेका हुन् ।
मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलका अनुसार प्रावि तहका १६ जना र निमावि तहका पाँच जना छन् । मोरङमा सामुदायीक विद्यालयमा पाँच हजार शिक्षक कार्यरत छन् । १० दिनअघि पनि १० जनाले राजीनामा दिएका थिए ।
तीमध्ये पाँच जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा परेको शिक्षा कार्यलय मोरङले जनाएको छ । कट्टेलले राजीनामा दिने शिक्षकको नाम खुलाउन भने चाहेनन् ।