आजदेखि सरकारीस्तरमा काठमाण्डु–दिल्ली सीधा बस सेवा

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते २:४९ मा प्रकाशित

busकाठमाण्डु, ९ मंसिर– आजदेखि सरकारीस्तरमा नेपालको काठमाण्डु र भारतको नयाँदिल्ली सीधा बस सेवा सञ्चालनमा अाउने भएको छ ।
सिंहदरबारमा आज अपराह्न प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले बस सेवाको उदघाटन गर्नेछन् ।

उदघाटनलगत्तै आजै साँझ पाँच बजे दिल्लीका लागि बस छुट्नेछ । यसअघि निजी क्षेत्रबाट मात्र काठमाण्डु–दिल्ली बस सेवा सञ्चालनमा थियो ।

दुई प्रधानमन्त्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्झौता गरेपछि बस सेवा उद्घाटन हुने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

आजबाट दिल्लीमा युनियन रोड ट्रान्सपोर्ट एवम् हाइवेमन्त्री नितीस गड्कारीले बस सेवा उद्घाटन गर्नेछन् । काठमाण्डु– दिल्लीका लागि प्रतियात्रु भाडा ३ हजार ६ सय ८० रुपैयाँ तोकिएको छ ।

हरेक दिन बिहान ९ बजे काठमाण्डुबाट एउटा र दिल्लीबाट एउटा बस छुट्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us