मोदी भ्रमण हाम्रै कारणले रद्द भएको हो: भारतीय विशेमन्त्री

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १४:३० मा प्रकाशित

sushma swarajकाठमाण्डु, ८ मंसिर– भारतीय विदेशमन्त्री सुष्मा स्वँराजले प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा हुने भनिएको धार्मिक भ्रमण नेपालका कारण नभई आफूहरुकै कारण रद्द भएको बताएकी छन् ।

दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा सहभागी हुन सोमबार काठमाण्डु आइपुगेकी स्वँराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतकै आन्तरिक कारणले मोदी रद्द गर्नु परेको बताएकी हुन् ।

उनले मोदीले निकट भविष्यमै जनकपुर र लुम्बिनीको भ्रमण गर्ने बनाइन् । ‘यो पटक हाम्रै आन्तरिक कारणले भ्रमण स्थगित भएको हो’, उनले भनिन्, ‘निकट भविष्यहमै जनकपुर र लुम्बि नीमा मोदीको  भ्रमण हुन सक्छ ।’

उनले उपयुक्त समयमा भ्रमण मिति तय गरेर जानकारी दिइने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us