
काठमाण्डु, ८ कात्तिक– काठमाण्डु उपत्यकाका सडकामा आज जोर नम्बरका सार्वजनिक तथा निजी सवारी मात्र चलेका छन् ।
जोर नम्बरका मात्र गाडी चलेका कारण सडकमा सवारी चाप कम छ ।
सरकारले सार्क शिखर सम्मेलनका क्रममा आजदेखि पाँच उपत्यकामा ट्राफिक व्यवस्थापन सहज बनाउन सरकारीबाहेकका सवारी साधन जोर बिजोर गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले जोर दिन जोर र बिगोर दिन बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले उक्त व्यवस्था अवज्ञा गरी सवारी चलाउनेमाथि कारबाही गरिने जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सरकारी, प्रेस, कुटनीति नियोगका साथै अत्यावश्यक सेवाका एम्बुलेन्स, बारुणयन्त्र, पानी, दूध र तरकारी ढुवानीका सवारी साधनमा भने उक्त प्रावधान लागू नहुने स्पष्ट गरेको छ ।