किन मारे झङ्करले एकै ठाउँमा आठवटा गाई ?

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते ३:०६ मा प्रकाशित

कैलाली, २५ कात्तिक– कैलालीको पथरैया–८ खैरीफाटामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समिति नजिकै आठवटा गाई मारेर फालेको अवस्थामा फेला परेका छन् ।

धानको भुसमा विषादी प्रयोग गरी गाईको हत्या गरिएको हुन सक्ने प्रहरी चौकी अमरावती प्रहरीले जानकारी दिएको छ । गाई मारेको आशङ्कामा प्रहरीले स्थानीय झङ्कर बोगटीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुर चलान गरेको छ ।

स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बोगटीले धानको भुसमा विषादी मिसाएको देखेको भनेकै आधारमा उनलाई आवश्यक सोधपुछका लागि पक्राउ गरेको हरि चौकी अमरावतीका इन्चार्ज दीपेन्द्र चन्दले जानकारी दिए  । गाई मरेको ठाउँमा मेटासिनको गोली भेटिएको चन्दले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us