बाबुछोराको हत्या , लिखु खोलामा शव

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १०:०७ मा प्रकाशित

नुवाकोट , २४ कात्तिक – जिल्लाको चौघडा गाविसको लिखु खोलामा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् ।

चौघडा–४ आपचौरका ५५ वर्षीय विष्णुबहादुर राई र उनका आठ वर्षीय छोरा प्रवीणको शव लिखुखोलामा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खोलामा डुबेको अवस्थामा शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुन सक्ने देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।

हिउँदको खोला सानो भएकाले डुबेर मृत्यु हुने सम्भावना नदेखिएकाले हत्याको आशङ्का गरिएको प्रहरीको भनाइ छ । शवको मुचुल्का उठाएर शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us