ट्रयाक्टरको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते ४:३७ मा प्रकाशित

विराटनगर, २४ कात्तिक– मोरङमा गएराति ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मधुमल्ला–९स्थित सडकको भित्रिखण्डमा को२त २१८६ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने २६ वर्षीया निर्मला माझीको मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गम्भीररुपमा घाइते भएकी उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । ट्रयाक्टरसहित चालक प्रहरी नियन्त्रणमा छन् ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us