बर्दिया, २४ कात्तिक– आफ्नै चौध वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिइन ।
इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममै रहेकाले आरोपीको परिचय गोप्य राखिएको प्रहरीको भनाइ छ ।