विद्यालय हातामा सशस्त्र प्रहरीको व्यारेक

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते २:३६ मा प्रकाशित

कञ्चनपुर, २४ कात्तिक– चाँदनी गाविस–२ मा रहेको जमुना प्राथमिक विद्यालयले सशस्त्र प्रहरीलाई भवन बनाउन जग्गा उपलब्ध गराएको छ ।

विद्यालय व्यवस्थापन समितिले सर्वपक्षीय सहमति गरी सशस्त्र प्रहरी सीमा सुरक्षा बललाई जग्गा प्रदान गरेको हो ।

सशस्त्र द्वन्द्वकाल सकिएपछि २०६४ देखि सशस्त्र प्रहरी बल कृषि उपशाखा केन्द्र दोधाराको भवन बस्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक नैनसिंह भण्डारीले सबैको सहमतिमा जग्गा दिने निर्णय गरिएको बताउनुभयो ।
सशस्त्र सीमा सुरक्षा बलका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण थापाले  भवन बनाउन नसक्दा अप्ठयारोमा रात दिन बिताएर सीमा सुरक्षा गर्नु परेको बताए ।

विद्यालयसाग रहेको सात बिगाहा चार कट्ठा दुई धुर जग्गामध्ये एक बिगाहा जग्गा विद्यालयले सशस्त्र प्रहरीलाई दिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us