दलहरुले अझै सार्वजनिक गरेनन् चुनाव खर्च

काठमाण्डु टुडे २०७१ कार्तिक २४ गते १:४६ मा प्रकाशित

nc-uml flagकाठमाण्डु, २४ कात्तिक– संविधानसभा निर्वाचन भएको एक वर्ष हुन लाग्दा पनि प्रमुख राजनीतिक दलले चुनाव खर्च सार्वजनिक गरेका छैनन् ।

निर्वाचनअघि नेपाली कांग्रेस, एमाले र एमाओवादीले चुनावी खर्च पारदर्शी बनाउने दाबी गर्दै चन्दा र चन्दादाताको नामसमेत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनीहरुले आफ्नै प्रतिवद्दता लत्याएका छन् ।

निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर आयोगमा समानुपातिकतर्फको खर्च विवरण बुझाएका दलहरुले त्यो समेत सार्वजनिक गरेका छैनन् । जबकि, कांग्रेस, एमालेसहितका दलले चुनावअघि जनताप्रति जवाफदेही हुने दाबी गर्दै चन्दालाई पारदर्शी बनाउने प्रतिबद्दता जनाएका थिए ।

कांग्रेसले निर्वाचनमा चन्दा सहयोग गर्ने दाताको नाम र रकम पार्टीको आधिकारिक वेबसाइटमा हेर्न सकिने दाबी गरेको थियो ।

पार्टी सभापति सुशील कोइराला ,वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलको संयुक्त हस्ताक्षर रहेको प्रतिबद्धतापत्र कोषाध्यक्ष चित्रलेखा यादवले सार्वजनिक गरेकी थिइन् ।

तर, कांग्रेसले अहिलेसम्म न दाताको नाम सार्वजनिक गरेको छ न कति रकम निर्वाचनमा सहयोग आयो भन्ने नै खुलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us