काठमाण्डु, २३ कात्तिक – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय दम्भमा संविधान जारी गर्न खोजिए मुलुक मुठभेडमा जाने चेतावनी दिएका छन् । धनुषामा आइतबार अायाेजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले नेपाली कांग्रेस र एमालेले प्रकृयाबाट संविधान जारी गर्छु भन्नु वेइमानी भएकाे अाराेप लगाए।
प्रचण्डले भने, ‘मधेसवादी दलहरुसँग गिरिजाबाबूले गरेको सम्झौताको दुई साक्षीहरुमध्ये एउटा म पनि छु । अरु पार्टीले सम्झौता बिर्से जस्तो छ, तर मलाई स्मरण छ ।’ धनुषाका विभिन्न पार्टी सम्बद्ध नेता कार्यकर्ता आइतबार एमाओवादी प्रवेश गरेका थिए । उनीहरु अधिकांश निलम्बित सभासद सञ्जयकुमाार साह निकटका हुन् ।
प्रचण्डले ‘सञ्जय साहको मुद्दामा अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरे । एमाओवादी अध्यक्ष प्रचण्डले निलम्बित सभासद साह, उनीसम्बद्ध कार्यकर्तासमेतको सम्पत्ति रोक्का गरिएको विषयलाई संसद र सडक दुबै मोर्चामा उठाउने प्रतिवद्धता पनि व्यक्त गरे ।