सभासद् बोकेकोे विमान झण्डै दुर्घटना

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १०:२३ मा प्रकाशित

सोलुुखुम्बु, २३ कात्तिक – सोलुखुम्बुबाट पाँचजना सभासद् बोकेको नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट बचेको छ । आइतबार बिहान सोलुखुम्बुको सल्लेरीस्थित फाप्लु विमानस्थलबाट आधा दर्जन सभासद्सहित १५ जना यात्रु बोकी उडान सुरु गर्न लागेकोे विमानको इन्जिनमा अकस्मात समस्या आएपछि विमानस्थलमै अवतरण गरिएको थियो ।

उडानका लागि विमान धावन मार्गमा गुड्दै गर्दा कल साइन ९ एन एबियु भएको सो विमानको दायाँतर्फको पङ्खा नघुमेपछि अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एटिसी अफिसर हरि अधिकारीले जानकारी दिए ।

सो विमानमा संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझावसम्बन्धी संसदीय समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पङ्गेनी, रेखा शर्मालगायत संसद् सचिवालयका कर्र्मचारीहरु चढेका थिए ।

जहाज अवतरण भएपछि नेपाल एयरलाइन्स काठमाडाँैबाट इन्जिनियरसहितको टोली फाप्लु विमानस्थल आउने भएको नेपाल एयरलायन्सले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us