विराटनगर, २३ कात्तिक – पूर्वाञ्चलका दुई जिल्ला सोलुखुम्बु र भोजपुरमा भएको आगलागीबाट रु ११ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोलुखुम्बुको जुबु –७ मा दुर्गाबहादुर बस्नेतको ढुङ्गा माटोको दुईतले घरमा शनिबार राति आगलागी हुादा घर पूर्ण रुपमा जलेर नष्ट भई रु पााच लाखबराबरको क्षति भएको बताइएको छ ।
त्यस्तै, भोजपुर जिल्लाको काफ्ले–५ मा पूर्णबहादुर लिम्बूको दुईतले कच्ची घरमा शनिबार राति विद्युत् सर्ट भई आगलागी हुादा रु छ लाखबराबरको क्षति भएको छ ।
उक्त दुवै आगो स्थानीय जनता र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
रासस