काँग्रेस–एमालेले माओवादीसँग घुँडा टेक्दैन : महत

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ११:४६ मा प्रकाशित

ramsharanकाठमाण्डु, २२ कात्तिक– काँग्रेस केन्द्रीय सदस्य एवम् अर्थमन्त्री रामशरण महतले विपक्षी एमाओवादीसहित प्रतिपक्षीसँग आफ्नो पार्टी र एमालेले घुँडा नटेक्ने बताएका छन् ।
शनिबार राजधानीमा भएको एक कार्यक्रममा महतले आफूहरु विपक्षीले दिएको आन्दोलनको धम्कीबाट नतर्सने बताए ।  काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको साझा प्रस्ताव स्वीकार गर्नुको विकल्प विपक्षीका अगाडि नरहेको उनको भनाइ थियो ।

महतले बहुमतीय नै भए पनि ८ माघमा संविधान जारी गरेरै छाड्ने जिकिर गरे । माघ ८ मा संविधान जारी नभए जनताले आफूहरुलाई कहिल्यै माफी नदिने उनले उल्लेख गरे ।
‘विपक्षीहरु पनि हामीले अघि सारेको साझा प्रस्तामवा आउनुको विकल्प छैन’, महतले भने, ‘जातीय राज्य बनाउने पक्षमा हामी छैनौं, विपक्षीसँग कुनै हालतमा घुँडा टेक्दैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us