सँगै मर्न तयार प्रेमी–प्रेमिकाले पिए विष , प्रेमीको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ८:०२ मा प्रकाशित

दमक, २२ कात्तिक – झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवैजनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।

इलामको बाह्रकोठे घर भई दमक–१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए । उनको शव तोपगाछी–७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।शान्तिनगर घर भई दमक–१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us