नेपालमा २५ हजार चिकित्सक अपुग

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते २:३७ मा प्रकाशित

पोखरा, २२ कात्तिक– नेपाल चिकित्सक सङ्घले हालको जनसङ्ख्यानुसार नेपालमा २२ हजारदेखि २५ हजार चिकित्सकको खाँचो पर्ने जनाएको छ ।

सङ्घ गण्डकी शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झाले  एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत् रहेको बताउँदै हाल एक हजार तीन सय मात्रै चिकित्सक भएकाले जनतामा सेवा पु¥याउन नसकिएको धारणा राखे ।

हाल जनसङ्ख्या तीन गुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सात देखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भने  मात्रै जनताले  राम्रो उपचार पाउन सक्ने  विचार व्यक्त गरे ।

कार्यक्रमका अन्य वक्ताले सरकारी तथा निजी क्षेत्रबाट काठमाडौंलाई  मात्रै केन्द्रित गरी चिकित्ससा कलेज खोल्ने प्रवृत्ति निरुत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us