अख्तियारको अादेश तत्काल खारेज गर्न निर्देशन

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते २:१७ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– व्यवस्थापिका– संसदको अर्थ समितिले काबेली लगायत १३ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कार्यान्वयन नगर्न/नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई निर्णय गरेको समितिको ठहर छ । शुक्रबार ऊर्जामन्त्री र ऊर्जासचिवसँग छलफल गरी समितिले यो निर्णय लिएको हो ।

समितिले आयोजनाका सम्बन्धमा अख्तियारले दिएको निर्देशन कार्यान्वयन नगर्न, नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us