२२ लाख घूस लिँदालिँदै विमानस्थल कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

विमानस्थल भन्सार अधिकृत प्रेम अधिकारी र नायबसुब्बा हरिवंश कार्कीलाई धुम्बाराहीस्थित मुनलाइट पार्टी प्यालेसबाट शुक्रबार घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुका साथबाट घूस लिँदै गरेको २२ लाख रकम बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us