चिठ्ठा र लोटरीको लोभ देखाएर स्थानीय ठग्ने गिरोह पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ७:३४ मा प्रकाशित

भीमदत्तनगर, २१ कात्तिक – ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोह सक्रिय भएको छ । उक्त गिरोहले कञ्चनपुरका विभिन्न ग्रामीण क्षेत्रका नागरिकलाई फोनमार्फत ठूलो रकम पाइने भन्दै प्रलोभनमा पारेर ठगी गर्दै आएको छ ।

गाउँका नागरिकलाई मोबाइल फोनमा लोटरी पर्याे भन्दै ठूलो रकमको प्रलोभन देखाइ पैसा असुल्ने गिरोह भारतबाट सक्रिय भएको ठगिएका स्थानीयले बताएका छन् ।

कृष्णपुरका कर्णबहादुर बानियाँ ठूलो धन पाउने प्रलोभनमा परेर ठगिएका छन् । भारतीय नम्बरबाट फोन गरी मोबाइलमा लोटरी परेको भन्दै खातामा पैसा हाल्न लगाउने गरेको ठगिएको बानियाँले बताए ।

‘पन्ध्र दिन पहिले मलाई भारतीय नम्बरबाट मोबाइलमा १५ लाख लोटरी  पर्याे भनेर फोन आयो, बानियाँले भने, “त्यो पैसा लिन खातामा २४ हजार जम्मा गर्नुपर्छ भन्यो, छोराको मोबाइल थियो, छोरा भारतमा कमाउन गएको बेला कतै भरेर पर्याे कि भन्ने लागेर बैंकमा २४ हजार जम्मा गरेँ, तर पैसा आएन ।”

बानियाँले नेपाल बैंक लिमिटेड धनगढी शाखाबाट धरानका आर्जन पहाडीको नाममा रहेको ००१६१००१२१८७५ नम्बरको खातामा २४ हजार जम्मा गरेका थिए । १५ लाखको सूचना दिने व्यक्तिलाई खातामा पैसा नआएको बताएपछि खातामा पैसा नपुगेको भन्दै पुनः ३२ हजार खातामा पठाइदिन भनेको बानियाँले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले राष्ट्रिय अन्तर्राष्ट्रिय ठगी गिरोहको बृहत् सञ्जालबाट ठगी भइरहेकाले घटनाको जिम्मा राष्ट्रिय अनुसन्धान ब्युरोलाई लगाइएको जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us