प्रचण्डले बोलाएको बैठक सुशील र ओलीद्वारा बहिस्कार

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ६:१५ मा प्रकाशित

13 Student Unions Submits Memo to Dahalकाठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक बहिस्कार गरेका छन् ।
प्रचण्डले उच्चस्रतीय राजनीतिक समिति संयोजकका हैसियतमा बोलाएको बैठकमा उनीहरु सहभागी नहुने भएका हुन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल बैठकले आज उच्चस्तरीय समितिको बैठक बस्ने निधो गरेको थियो ।

प्रचण्डले बैठकको मिति र स्थान तोक्न कोइराला र ओली दुवैलाई बिहानै टेलिफोन गरेका थिए । तर ओली र कोइराला दुवैले बैठकमा सहभागी नहुने जवाफ दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

कोइराला र ओलीले प्रचण्डलाई संविधानका विवादमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमै छलफल गर्नुपर्ने भन्दै बैठकमा आउन नमानेको बताइएको छ । समिति सभापति बाबुराम भट्टराई भाइरल ज्वरोले थलिएपछि विवादित विषयमा सहमति खोज्ने प्रयासमा प्रचण्डले तीन दल बैठक डाकेका थिए ।
काँग्रेस–एमालेले बहुपहिचानमा आधारित सात प्रदेशको प्रस्ताव अघि सारेपछि दलहरुबीचको सम्बन्ध चिसिएको छ ।

काँग्रेस–एमाले संवैधानिक समितिमार्फत प्रस्ताव संविधानसभामा जानुपर्ने अडानमा छन् भने एमाओवादीसहित विपक्षीले दलीय प्रस्ताव संवाद समितिमार्फत संविधानसभामा जान नसक्ने बताउँदै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us