काठमाण्डु, २१ कात्तिक– चलचित्र निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेका छन् ।
उनले काठमाण्डुको धापासीस्थित आफ्नै अपार्टेमेन्टमा गएराति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नेम्वाङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनको आत्हमत्याको कारण खुलेको छैन । घटनास्थलमा सुसाइट नोट फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
यद्यपि त्यसमा के लेखिएको छ भन्नेबारे जानकारी दिइएको छैन । उनको आत्महत्याको खबर पाएलगत्तै ठूलो संख्यामा चलचित्रकर्मी र रंग पत्रकार उनको अपार्टमेन्ट पुगेका थिए ।
नेपाली म्युजिक भिडियोको क्षेत्रमा उनको अलग्गै पहिचान थियो । उनले करिब ६ सय बढी म्युजिक भिडियोमा निर्देशन गरेका छन् । उनले पहिलोपटक चलचित्र सानो संसार निर्देशन गरेका थिए ।