काठमाण्डु, २१ कात्तिक– एमाले सभासहरुले काँग्रेससंग सहमति गर्ने क्रममा संविधान निमार्णबारे पार्टीका पूर्ववत् धारणा परिवर्तन गरेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
संसदीय दलको बिहीबारको बैठकमा उनीहरुले चुनावमा जाँदा गरेको प्रतिबद्धतामा पार्टी अडिनु उपयुक्त हुने भन्दै अझै त्यसका लागि पहल गर्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । एमालेले राज्यपुनर्संरचना, शासकीय स्वरुपलगायत विषयमा पूर्वधारणा परिवर्तन गर्दै काग्रेससंग सहमति गरेको थियो ।
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितमिा काग्रेस–एमाले यसै साता पेस गरेको संयुक्त धारणामा साझा पहिचान झल्किने खालका सात प्रदेश र सुधारिएको संसदीय व्यवस्थामा जाने उल्लेख छ ।
तर एमालेले चुनावमा जाँदा बुहपहिचानसहितका सात प्रदेश र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुप अपनाउने घोषणा गरेको थियो ।
यी दुवै अडान नछोड्नु राम्रो हुने भन्दै सभासद्हरुले नेतृत्वलाई दबाब दिएका छन् । पार्टीले गरेका निर्णयहरुमा अडिएर जान सक्दा राम्रो हुन्छ भन्ने सुझाव सभासद्हरुको थियो’, सभासद् शेरधन राईले भने, ‘सात प्रदेश र त्यसको बुहपहिचानमा आधारित नामाकारण भनिएको थियो त्यसमै जानु उपयुक्त हुन्छ ।’
काँग्रेससंगको सहमतिमा साझा पहिचान झल्किने गरी सात प्रदेशको नामारण गरिएको छ ।