मोदीविरुद्द महामोर्चाको तयारी

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १:४६ मा प्रकाशित

modiनयाँदिल्ली, २१ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्र सरकारविरुद्द महामोर्चा बनाउन समाजवादी पार्टीका प्रमुख मुलायम सिंह यादवले नयाँदिल्लीस्थित निवासमा बिहीबार बृहत बैठक गरे ।
बैठकमा गैरभाजपा तथा गैरकांग्रेसी नेताको उपस्थिति थियो ।
मोदी र सरकारविरुद्द ठूलो आन्दोलन गर्ने र अभियान चलाउने उद्देश्यले मुलायम सिंह यादवको घरमा जनता दल युनाइटेडका शरद यादव, जनता दल सेक्युलरका नेता एचडी देवेगौडा,भारतीय राष्ट्रिय लोकदलका सांसद् दुष्ढन्त चौटाला पुगेका थिए ।
त्यही बैठकले यी दल सम्मिलित मोर्चा बनाउने निर्णय गरेको छ । त्यसलाई बैठकले महामोर्चाको नाम दिएको छ । केन्द्र सरकारविरुद्द अभियान चलाउने उनीहरुको मूख्य उद्देश्य छ । बैठकपछि बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नितिश कुमारले यी दलबीच एक जुट हुने निर्णय भएको बताएका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us