पुटिन संसारकै शक्तिशाली व्यक्ति, ओवामा दोश्रो र मोदी १५ औं नम्बरमा

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ५:४५ मा प्रकाशित

putinकाठमाण्डु, २० कात्तिक– रुसी राष्ट्रपति भ्लामिदिर पुटिन संसारकै सर्वाधिक शक्तिशाली व्यक्तिको पहिलो सूचीमा पर्न सफल भएका छन् ।
अमेरिकी पत्रिका फोब्र्सले गरेको अध्ययनले सन् २०१४ का लागि पुटिन सर्वाधिक शक्तिशाली एक सय व्यक्तिमा पहिलो नम्बरमा परेका हुन् ।

अघिल्लो वर्ष पनि पुटिन पहिलो स्थानमै थिए । युक्रेनमा जारी द्वन्द्वमा पुटिनको भूमिकालाई लिएर विश्वभर चर्चा छ । उनकै डिजाइनमा युक्रेनको पूर्वीभाग क्रिमिया रुसमा बिलिन गराइएको ठानिन्छ ।
फोब्सको सूचीमा दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा, छन् । यस्तै तेस्रोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, चौथोमा पोप फान्सिस र पाँचौंमा जर्मन चान्सलर एन्जेला मार्केल छिन् ।

माइक्रोसफ्टका मालिक बिल गेट्स र  गुगलका मालिक सर्गेइ ब्रेन र ल्यारी पेज क्रमशः सातौं र नवौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शक्तिशाली व्यक्तिको १५ औं स्थानमा अटाएका छन् । यस्तै फेसबुक मालिक मार्क जुकरबर्ग २२ नम्बरमा परेका छन् ।
आफ्नो सम्पादकीय मण्डडलले उक्त सूची राजनीतिक प्रभावका आधारमा मात्र नभई सैनिक तथा आर्थिक साधनमाथिको प्रभावलाई समेत आधार मानेर तयार पारिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us