भीमदत्तनगर, २० कात्तिक- विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कृष्णपुर–४ का नारद ताम्राकारलाई विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गुलरियाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अविनारायण काप्mलेले बताए ।
बालिकाले साँझ आफ्ना अभिभावकलाई घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाका अभिभावकको प्रहरीमा उजुरी दिएपछि नारदलाई पक्राउ गरी जिप्रकाको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
महाकाली अञ्चल अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार गरिएको रिपोर्ट आएको प्रहरीले बताएको छ । रासस