सप्तरी, १९ कात्तिक– एमाओवादी सभासद अशाेककुमार मण्डलको निलम्बन फुकुवा भएको छ ।
संविधानसभा अदालतले उनीविरुद्ध परेको रिट बुधबार खारेज गरेपछि मण्डलको निलम्बन स्वत: फुकुवा भएको हो । संविधानसभा अदालतका न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले आरोप प्रमाणित नभएको भन्दै मुद्दा खारेज गरेको हो ।
दोश्रो संविधानसभा निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित यादव संविधानसभा अदालतकै आदेशमा निलम्बनमा परेका थिए । निर्वाचनमा मण्डलसँग पराजित सद्भावना उपाध्यक्ष नवलकिशोर साहले धाँधली भएको भन्दै संविधानसभा अदालतमा मुद्धा दायर गरेका थिए ।