विद्यालय हिँडेकी ८ वर्षीया बालिका ३४ वर्षीय पुरुषबाट बलात्कृत

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १४:२५ मा प्रकाशित

कञ्चनपुर, १९ कात्तिक–  कञ्चनपुरको कृष्णपुर–४ की एक आठ  वर्षीया बालिका बलात्कृत भएकी छन् ।
कृष्णपुरस्थित घरबाट विद्यालय जाने क्रममा बालिकालाई कृष्णपुरकै ३४ वर्षीय नारद ताम्राकारले बलात्कार गरेको प्रहरीले जनाएको  छ ।
इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी नायब निरीक्षक वासुदेव अवस्थीले ताम्राकारले बालिकालाई सोमबार बिहान बलात्कार गरेको र साँझ मात्रै बालिकाका आफन्तले प्रहरीमा जानकारी गराएको बताए ।
आफन्तको जानकारीपछि प्रहरीले ताम्राकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ताम्राकारले बलात्कार गरेको स्वीकारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us