पूर्वडीआईजी अर्जुन चन्दको निधन

काठमाण्डु टुडे २०८३ असार १७ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, १७ असार– नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए । उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us